ईटहरी । इटहरी उप–महानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ ।
इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्ने गरेकी छन् । उपमेयर गौतमले हिजो मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गरेकी छन् । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारमा निषेधाज्ञाले जटिलता थपिरहेको बेला पौष्टिक खाना सहित उपमेयर गौतम घरमै आईपुग्दा सुत्केरीहरु समेत खुसी भएका छन् । सुत्केरीहरुले भन्छन, ‘इटहरी अस्पतालमा सुत्केरी गराएकाहरुको घरमा उपमेयर आउनुहुन्छ भन्ने सुनेका थियौं । कहिले आउनुहोला भनेर बाटो कुरेर वसेका थियौं । आउँदा खुसी लागेको छ ।’
उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको जनाईएको छ ।