लोड हुँदैछ...

मेनु

एम्बुलेन्सबाट लागूऔषधसहित दुई जना पक्राउ

एम्बुलेन्सबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । विरामी बोल्ने एम्बुलेन्समा अवैध लागूऔषध ओसारपसार हुने गरेको पाइएको छ । प्रहरीले सुनसरीको धरानमा एम्बुलेन्स चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो ।

धरान उपमहानगरपालिका–२ स्थित कोशी राजमार्गमा धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्वुलेन्सबाट लागुऔषध बरामद भएको हो ।

एम्बुलेन्सबाट एक सय केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले एम्बुलेन्सबाट २५÷२५ केजीको ४ वटा झोलामा राखिएको गाँजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान .१५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशन राई छन् । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।