विराटनगर । निम्बस ग्रुप अफ कम्पनीले पत्रकारहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
कम्पनीले उत्पादन गरेको प्रोटेक्ट ब्राण्डको मास्क र सेनिटाईटर नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिलाई प्रदान गरेको हो ।
कम्पनीका प्रतिनिधि भुवन खुलालले शुक्रबार महासंघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेलाई मास्क र सेनिटाइटर हस्तान्तरण गरे । महासंघलाई कम्पनीले २ हजार थान मास्क र २० लिटर सेनिटाइजर प्रदान गरेको हो । महासंघले प्राप्त भएको स्वास्थ्य सामाग्री आवश्यकताको आधारमा शाखाहरुलाई पठाइरहेको जनाएको छ ।
सुनसरीको झुम्का उद्योग रहेको निम्बस कम्पनीले अहिलेसम्म सुनसरी प्रहरीलाई २ हजार, मानब सेवा आश्रम विराटनगरलाई २ हजार, उद्योग आसपासका स्थानीयलाई २ हजार मास्क प्रदान गरेको जनाएको छ ।