हेटौंडा । वागमती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा स्थानीय तहमा संयुक्त गठबन्धनका खिमलाल देवकोटाले प्रष्ट अग्रता हासिल गरेका छन् ।
एमालेका उम्मेद्वार रहेका रामबहादुर थापा बादल स्थानीय तहका जनप्रतिनिधिको मतमा पछि परेका हुन् । स्थानीय तर्फ कलममा १२८, सूर्य १०३ र मादल चिन्हमा २ मत परेको छ । देवकोटा एमालेकै माधव नेपाल समूहका हुन् । उनलाई काँग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुराम समूहको समर्थन छ ।
मतभार अनुसार कलम २३०४, सूर्य १८५४ र मादल ३६ मत भएको छ । अहिले भर्खरै प्रदेशको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।