विराटनगर । गण्डकी प्रदेशलाई केन्द्र बनाएर आज बिहान भूकम्प गएको छ । भूकम्पले गण्डकी प्रदेश र आसपासका क्षेत्रमा समेत धक्का दिएको थियो । गण्डकी प्रदेशको लमजुङ केन्द्र रहेर गएको भूकम्पबाट केही व्यक्ति घाइते भएको र सबै विवरण प्राप्त भइसकेको छैन ।
लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पबाट केही घरहरु भत्किएको सूचना आएको र केही मानिस घाइते भएको बताइएपनि विस्तृत विवरण प्राप्त भइनसकेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।

