विराटनगर अस्पतालमा उपचाररत उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी गर्भवती थिइन् । विराटनगरस्थित विराटनगर अस्पतालमा उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो।

त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि १० दिनअघि विराटनगर अस्पताल भर्ना गरी उनको आइसीयूमा उपचार भइरहेको थियो । तीन दिनअघि उनको पेटमा भएको बच्चा पनि मृतावस्थामै निकालिएको थियो।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन्।

मङ्गलबार, ०४ जेठ, २०७८, बिहानको ०९:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर