विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले क्यूरा हेल्थस“गको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीलाई लक्षित गरी निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ ।
आम मानिसमा वर्तमान समयमा छाएको डर, त्रास र संक्रमितको मनोविज्ञानलाई दृष्टिगत गरी संचालनमा ल्याईएको टेलिमेडिसिन सेवा मार्फत संक्रमितलाई विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य रहेको छ ।
सामान्य लक्ष्ँण भएका संक्रमितहरुलाई अस्पताल जानुपर्ने वाध्यता नपरोस भनि घरमै वसेर विशेषज्ञ चिकित्सकहरुको निशुल्क परामर्श सेवा प्राप्त गर्न सकिने उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले बताए । साथै सामान्य लक्षणका संक्रमितबाट अस्पतालहरुमा हुने भिडलाई कम गर्दै अति सम्वेदनशिल विरामीहरु मात्र अस्पतालमा सहज स्वास्थ्य सेवा प्राप्त गर्न समेत सहयोग पुग्ने विश्वास लिईएको उनको भनाइ छ ।
यो सेवा प्रँप्त गर्न सर्वप्रथम क्यूरा हेल्थको एप्लिकेशन डाउनलोड गर्नुपर्नेछ । एपमा देखाइए अनुसार कोभिड १९ खण्डमा गई सूचिकृत भएका चिकित्सहरुका साथ एपोन्टमेन्ट लिई उक्त सेवा प्राप्त गर्न सकिने छ ।
यो एपलाई यस लिंकमा गई सोझै डाउनलोड गर्न सकिने छ ।
https://play.google.com/store/apps/details?id=com.curahealth