पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं.२ एकतीन घर भएका ६० वर्षे पुरुषको कोरोना भाइरस संक्रमणका कारण आज मृत्यु भएको छ । त्यहाँस्थित कोभिड–१९ अस्थायी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
२६ गते कोभिड–१९ सङ्क्रमण भएको पुष्टि उनलाई गएराती श्वासप्रश्वासमा ज्यादै समस्या भएपछि जिल्ला कोभिड १९ अस्थायी अस्पतालमा भर्ना भएका थिए ।
मृतकको शवलाई नेपाली सेनाको फिदिम स्थित रणशेर गणले ब्यवस्थापन गर्ने कोभिड १९ डिस्टिक फोकन पर्सन तेज तुम्बापोले बताए ।
उनी कोभिडका कारण पाँचथरमा मृत्यु हुने पहिलो बिरामी हुन् । पाँचथरमा अहिले ६७ जना सक्रिय संक्रमित छन् ।

