नेपालसहितको कारबाही फिर्ता गर्ने एमाले ओलीपक्षको निर्णय

विराटनगर । लामो समयदेखि विवादमा रुमलिरहेको नेकपा एमालेको ओली पक्षले माधव नेपाल पक्षमाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । उक्त समय घर्किनु अघि माधवपक्षले चाल्ने कदमले आफूलाई अप्ठ्यारो पर्ने आँकलन गर्दै ओली पक्षले माधव नेपाल पक्षका चार नेतामाथिको कारबाही फुकुवा गरेको हो ।

यसअघि ओलीपक्षले बरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन गरेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको स्थायी कमिटी बैठकले कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

बिहिबार, ३० बैशाख, २०७८, बिहानको ११:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर