विराटनगर । मोरङमा आपतकालिन सेवामा प्रयोग हुँदै आएको एम्बुलेन्स १४९ वटा रहेका छन् ।
कोरोना संक्रमण भयावह ढंगबाट अगाडि बढ्न थालेपछि स्थनीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले गाडि एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालेको अवस्थामा मोरङमा प्रयाप्त एम्बुलेन्सको संख्या रहेको पाइएको हो ।
संयुक्त एम्बुलेन्स चालक संघले जुनसकै अवस्थामा नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यसहित जिल्लाभरका १७ स्थानीय तहमा दर्ता भईसञ्चालनमा रहेका एम्बुलेन्सको विवरण सार्वजनिक गरेको छ ।
मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिका भित्र ३७ वटा एम्बुलेन्स रहेका छन् । सुनवर्षीमा ३, मिक्लाजुङमा ९, ग्रामथान १, बुढीगंगा ७, उर्लाबारी ३३, लेटाङ ५, पथरीशनिश्चरे १८, बेलबारी ११, कानेपोखरी ४, कटहरी १, धनपालथान २, रंगेली ३, रतुवामाई ३, सुन्दरहरैंचा १०, केराबारी २ र जहदा गाउँपालिकामा १ वटा एम्बुलेन्स सञ्चालन रहेको संघका प्रदेश अध्यक्ष चन्द्र पराजुलीले जानकारी दिए ।