विराटनगर। कोरोना भाइरस संक्रमणबाट मंगलबार एकैदिन २२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।