देउवाले प्रधानमन्त्रीलाई भने : निरिह प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरिह प्रधानमन्त्रीको आरोप लगाएका छन् ।

आज बसेको संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री ओलीलाई कोरोना संक्रमणबाट मानिसहरु मरिरहँदा टुलुटुलु हेरिरहेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको पनि दाबी गरे ।

‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो,’ उनले भने । उनले कमिसनका कारण खोप आउन नसकेको, सरकार भ्रष्टाचारमा संलग्न भएको, व्यापारिक घरानाहरुलाई पोस्न नेपाली जनताको जीवन दाउमा राखेको लगायतका आरोप लगाएका छन् ।

यस्तै देउवाले जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनतामा मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक केही नहुने भन्दै तिखो आलोचना पनि गरेका छन् ।

देउवाले गरेको सम्बोधनको पूर्ण पाठ

सोमबार, २७ बैशाख, २०७८, दिउँसोको ०३:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर