बेलबारी नगरपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अक्सिजनसहितको १५ बेडको आइसोलेसन तयार गरेको छ ।

बेलबारी २ मा रहेको बागदेवि सामुदायिक वन उपभोक्ता समूहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यसअघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमा ल्याएको थियो । ‘नगरको पहिलो प्राथमिकता भनेको स्वास्थ्य हो,’ बेलबारी नगरपालिकाका नगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने’ ‘हामी स्वस्थ भयौं भने मात्रै अरु सोच्न सक्छौ ।’

नगरबासीलाई स्वास्थ्य उपचारका लागि कुनै पनि कसर बाँकी नराख्ने नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले कोरोना भाइरसबाट सङ्क्रमित नागरिकलाई अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको छ ।

सोमबार, २७ बैशाख, २०७८, बिहानको ११:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर