विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको दर हरेक दिन बृद्धि हुँदै गएको देखिएको छ । आइतबार १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५३.४० प्रतिशतमा संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । शनिबार परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा कोरोना देखिएकोमा आइतबार ४ प्रतिशत बृद्धि भएको हो ।
आइतबार मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार ९८३ पुगेको छ ।
संक्रमितमध्ये ३० हजार २३२ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको छ ।