ग्यारेजमा १३३ अक्सिजनका सिलिण्डर, प्रहरीद्वारा बरामद

विराटनगर । कोरोनाबाट संक्रमितको उपचारका लागि चाहिले अत्यावश्यक अक्सिजन सिलिण्डरको अभाव भइरहेको बेला झापा प्रहरीले भने मोटरसाइकल ग्यारेजमा १३३ वटा सिलिण्डर फेला पारेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा प्रहरीको सक्रियतामा ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर बरामद गरी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ ।

गत बुधबारदेखि शनिबारसम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो ।

उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ–आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसँग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपूति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ ।

आइतबार, २६ बैशाख, २०७८, दिउँसोको ०४:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर