पाँचथर । पाँचथर जिल्लाको फिदिम बजारमाको गोसलाइनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट स्थानीय दावा शेर्पाको दुईतले काठको घर पूर्णरुपमा क्षति भएको छ । बिहान ७ः३० मा स्थानीय दावा शेर्पाको घरमा लागेको आगो १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी हुँदा ३१ लाख ३१ हजार रुपैंयाको क्षति भएको छ । प्रहरी नायक उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार दुई तले टिनको छानो भएको सो घरमा ६ परिवारको बस्दै आएका थिए । बिहानको समयमा बिजुली सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घरधनी शेर्पाको ७ लाख ५० हजार रुपैयाँ क्षति भएको छ । भने सोही घरमा डेरा बस्दै आएका तारा भुजेलको २ लाख रुपैयाँ, खड्गवहादुर गुरुङको ६ लाख ६० हजार रुपैयाँ , जितवहादुर मिफोकको २ लाख ४० हजार रुपैयाँ, कुलबहादुर मगरको ३ लाख रुपैयाँ , मनवहादुर सुनारको ३ लाख ७२ हजार, र इन्द्रकुमार योक्पाङदेनको ३ लाख ५९ हजार रुपैयाँ क्षति भएको बताइएको छ । यातायात मजदुर संघको कार्यालय समेत रहेको शेर्पाको घरमा २ लाख ४० हजार रुपैयाँ मुल्यक मुलवरावरका फर्निचर समेत पुर्ण रुपमा जलेको बताइएको छ ।
प्रहरीका अनुसार आगो निभाउन नगरपालिकाका २ वटा दमकल प्रयोग गरिएको थियोे । आगलागीका कारण शेर्पाको काठले बनेको टिनको छाना भएको २ तले घर पुर्ण रुपमा क्षति भएको छ ।
आगो नियन्त्रण पछि नेपाली सेना, रणशेर गण पाँचथर नेपाल प्रहरी, ज़िल्ला प्रहरी कार्यालय, सशत्र प्रहरी बल नेपाल, स्थानीयले शेर्पाको घरका सामान निकालेर सफाइ गरेका छन् ।



