उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–५ का १८ बर्षीय सुभास परियार रहेका छन् । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेरका थिए । लडेर गम्भिर घाइते भएका उनको उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखबाट लडेर १ जनाको मृत्यु
यसैगरी इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

