कोरोनाबाट एकैदिन ५५ को मृत्यु, ७६६० संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७०२ जनाको परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो । कुल परीक्षण गरिएका संख्याको ४६ प्रतिशतमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पिसिआर परीक्षण गर्दा ७५८७ जनामा र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार एकैदिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

मङ्गलबार, २१ बैशाख, २०७८, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर