विराटनगर । विराटनगरमा कोभिड १९ का संक्रमित थपिदै गएपछि समुदायस्तरबाट संक्रमित रहेको घरलाई निर्मलीकरण गर्ने कार्य फेरी पनि थालनी भएको छ ।
विराटनगर महानगरपालिका १० तीन टोलीया समाज समितिले आफ्नो वार्डभित्र संक्रमित परिवारको सुरक्षालाई ध्यानमा राखेर निर्मलीकरण गर्ने, उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न आपूर्तिको प्रवन्ध मिलाउने, सेनेटाइजर, मास्क आदि वस्तु उपलब्ध गराउने जस्ता कार्य आइतबारबाट आरम्भ गरेको हो ।
विराटनगर १० का ४५ घरपरिवार कोभिडको सेकेण्ड भेरियन्टबाट संक्रमित भइसकेको र त्यो क्रम बद्दै गएको बताइएको छ । समाजले आइतबार पहिलो चरणमा वडाको ७ घरमा सेनेटाइज गरेको थियो । त्यस क्रममा एउटा घरमा चार जना संक्रमितहरु होम आइसोलेसनमा बसेर उपचार गराइरहेको पाइएको थियो ।