बुटवल । आपूmविरुद्धको अविश्वास प्रस्तावमा हुनसक्ने फ्लोर क्रसलाई छल्न राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् ।
आइतबार अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेकोमा प्रदेशसभामा एमालेको बहुमत रहेपनि माधबकुमार नेपाल पक्षधर सांसदले फ्लोर क्रस गर्ने आशंकामा पोखरेलले पदबाट राजिनामा दिएर पुनः मुख्यमन्त्री बन्न चाहेका थिए ।
पदबाट राजिनमा दिएर प्रवेशसभाको विषेध अधिवेशन अन्त्य गराएपछि एमालेको एकल बहुमतमा मुख्यमन्त्री बन्ने तयारी गरिरहेका पोखरेललाई दाङको प्रदेशसभा ३ (२) को उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि झड्का लागेको छ । मुख्यमन्त्रीबाट राजिनामा दिएर बहुमत संख्या ४१ सांसदसहित मुख्यमन्त्रीमा फर्किने योजना पोखरेलले बनाएकोमा वली माओवादीमा लागेसँगै उनको बहुमत नपुग्ने निश्चित भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका विमलाका श्रीमान उत्तरकुमार वली एमालेबाट निर्वाचित भएका थिए। तर, उपनिर्वाचनका बेला दुई पार्टी मिलेर नेकपा बनेको थियो। नेकपाबाट उपनिर्वाचन लडेकी उनी फागुन २३ मा दुई पार्टी ब्यूँतिएपछि कता लाग्ने भन्ने टुंगो थिएन।
मुख्यमन्त्री पोखरेलले वलीसहित ४१ जना सांसद आफूसँग रहेको भन्दै बहुमत दाबी गरेको थियो। सांसद वलीले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी छन्। आफूलाई उपनिर्वाचनमा नेकपाबाट उठ्दा माओवादीले नै जिताएकाले त्यतै लागेको उनको भनाइ छ ।
यसैबीच माओवादी केन्द्रले वली पार्टी प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई दिइसकेको छ।