कोरोनाबाट विराटनगरमा महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगर ४ की एक महिलाको बिहीबार मृत्यु भएको छ । कोरोनाको दोश्रो लहर सुरुभएपछि भाइरसका कारण मंगलबार ४६ वर्षे महिलाको ज्यान गएको हो ।

विराटनगरको स्थित कोशी कोभिड १९ अस्पतालमा उपचारका लागि बुधबार दिउँसो श्रीमानसंगै स्कुटर लिएर सामान्य अवस्थामा अस्पताल पुगेकी महिलाको बिहान करिव ४ बजेको समयमा मृत्यु भएको हो । अचानक शरीरमा अक्सिजनको मात्रा घटेपछि महिलाको मृत्यु भएको थियो ।

विराटनगर स्थित नोबेल अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि कोसी कोभिड अस्पताल उपचारका लागि पुगेकी थिइन् ।

कोरोना महामारीको दोश्रो लहर सुरुभएपछि भाइरसका कारण प्रदेश १ मा दुई जनाले ज्यान गुमाइसकेका छन् । केही दिन अघि झापाका ९२ वर्षे वृद्धको भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

 

बिहिबार, ०२ बैशाख, २०७८, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर