विराटनगर । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोटमा परी ८ जना घाइते भएका छन् ।
विष्फोटमा परी घाइते हुनेहरुमा नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी रहेका छन् ।
गम्भीर घाइते भण्डारीलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको छ भने मगर र यादवको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अन्यको उपचार लहान अस्पतालमा भइरहेको छ ।
लहान–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तलामा दिउँसो १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको थियो । विष्फोट जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले गराएको हुनसक्ने प्रहरीको भनाइ छ ।

