विराटनगर । हाम्रोमत दैनिकका सम्पादक अर्जुनकुमार आर्चायसहित विराटनगरका आधा दर्जन बढी पत्रकारहरु सम्मानित भएका छन् ।
शुक्रबार उद्योग सङ्गठन मोरङको ४८ औं बार्षिक साधारणसभाको अवसरमा विराटनगरका ७ पत्रकारहरु सम्मानित भएका हुन । सम्मानित हुनेमा पत्रकार बन्धु पोखरेल, अनन्तराज न्यौपाने, मीनकुमार नवोदित श्रेष्ठ, शंकर लुईटेल र तारा आचार्य रहेका छन् ।
उनीहरुलाई निष्पक्ष पत्रकारिताको माध्यमबाट खोजमुलक समाचार सम्प्रेषित गरि नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सु-सुचित गराउन खेलेको भुमिकाको उचित मुल्याङ्कन सहित सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेका हुन ।
सम्मानित पत्रकार अर्जुनकुमार आचार्य भने पत्रकार महासंघ मोरङका सचिव समेत हुन । यसैबीच पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले भने उक्त सम्मान अस्वीकार गर्नुभएको छ ।

