एमाले र माओवादी अलग अलग हुने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं । सर्वोच्चले आइतबार दिएको फैसलाले अन्ततः नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपालको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बरिष्ठ नेता झलनाथ खनालका अनुसार पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताउनु भयो ।

यता, माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ,’ नेपालले भने ।

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

सोमबार, २४ फागुन, २०७७, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर