विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पेरिसडाँडा स्थित पार्टी कार्यालयमा सुरु भएको छ । सर्वोच्च अदालतले पार्टीको नामको सन्दर्भमा गरेको फैसलापछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न स्थायी कमिटीको बैठक आयोजना गरिएको हो ।
सर्वोच्चको फैसलापछि न्यायिक पुनरावलोकनमा जाने वा अन्य विकल्प अगाडि सार्ने भन्नेमा बैठक केन्द्रीत रहेको बताइएको छ । बैठक पछि आगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा धारणा सार्वजनिक हुने अनुमान गरिएको छ ।