विराटनगर । सर्वोच्च अदालतले नेकपा एकीकरणको निर्णय बदर गर्ने फैसला गर्दै तत्कालीन एमाले र माओवादी ब्यूँताउने आदेश गरेपछि नेकपा मोरङको कार्यालयमा एमालेको बोर्ड लगाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समर्थक नेता कार्यकर्ताहरुले नेकपा एमालेको साइनबोर्ड पार्टी कार्यालयमा लगाएका हुन् । पर्यटन मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल गुरु बरालसहितका नेताहरुले एमालेको बोर्ड टाँगेका हुन् । एमालेको बोर्ड टाँगेपछि पूर्व एमालेका कार्यकर्ताहरुले खुसी व्यक्त गरेका थिए ।