पुन:स्थापित प्रतिनिधिसभामा आज के होला ?

विराटनगर । सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद र कचिङ्गलले लामो समयदेखि बन्धक बनेको पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बेलुका ४ बजे बस्दैछ । अदालतले फागुन १२ गते दिएको फैसलाले प्रतिनिधिसभा पुनःस्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आजका लागि बैठक आव्हान गर्नुभएको हो ।

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो । आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ।

आइतबार, २३ फागुन, २०७७, बिहानको ११:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर