कुमारी जब प्रा.लि. र केसिएमआइटीबीच सम्झौता

काठमाडौं । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लि. र कान्तिपुर कलेज अफम्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ‘केसिएमआइटी’ बीच सम्झौता भएको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न शिपमुलक जीवनउपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो ।

कुमारी जब प्रा.लि.का प्रवन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लि.का भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताउनुभयो ।

सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल चन्दले बताउनुभयो । सहकार्यबाट बीबीए, बीआईएम अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउने र रोजगारको अवसरसमेत पाउने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ‘केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउनभन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरीय कलेज हो । कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ । कलेजमा विसीएको कक्षा पनि सञ्चालनमा छ ।

शुक्रबार, २१ फागुन, २०७७, बिहानको ११:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर