लोड हुँदैछ...

मेनु

प्रदेश १ : प्रदेशसभा बैठक चैत्र २ गतेसम्मका लागि स्थगित

प्रदेश १ : प्रदेशसभा बैठक चैत्र २ गतेसम्मका लागि स्थगित

विराटनगर । प्रदेशसभाको भोली बस्ने गरी तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले भोली बस्ने बैठक सूचना टाँस गरेर स्थगित गरेको जनाएको हो ।

प्रदेशसभाको यस अघि फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव पेश भएको थियो ।  फागुन २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्तावलाई कसरी प्रदेशसभामा छलफल गराउँछन् भन्ने विषय चासोका साथ हेरिएको बेला बैठक नै स्थगित गरेकोप्रति नेकपा प्रचण्ड–माधव समूह भने असन्तुष्ट बनेको छ ।

‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ साल फागुन २० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएकोमा विशेष कारणले उक्त बैठक मिति २०७७ साल चैत्र २ गते सोमबार दिनको १२ः३० बजे प्रदेश सभाहल, प्रदेश नं. १, विराटनगरमा बस्ने व्यहोरा मानीनय प्रदेशसभा सदस्यहरुको जानकारीका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds