विराटनगर । नेकपा प्रचण्ड माधव समूहले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । सो समूहको केन्द्रीय समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो ।
कारबाहीमा पर्ने नेताहरुमा महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापा रहेका छन् । उनीहरुलाई पार्टीबाट निलम्बन गरेको हो ।
बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाएको छ । पार्टी हितविपरीत गतिविधि गरेको कारण कारबाही गरिएको सो समूहले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।