विराटनगर । ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी तेजराज श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
काठमाडौमा भएको ग्यास बिक्रेता महासंघको चौंथो राष्ट्रिय महाधिवेशन तथा ७ औं वार्षिक साधरणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचत हुनुभएको हो । श्रेष्ठ यसअघि केन्द्री सदस्य रहेका थिए ।
यस्तै महासंघको केन्द्रीय सदस्यमा विराटनगरबाट राजेश निरौला र सुर्यमान बजर्चाय पनि निर्वरोध निर्वाचीत हुनुभएको छ । नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठले ग्यास व्यवसायीहरूको हकहितमा आफु क्रियाशिल भएर लागि पर्ने बताए ।
महासंघको केन्द्रीय अध्यक्षमा ज्ञानेश्वर अर्यालको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति छ । उपाध्यक्षमा अर्जुन खत्री, राम प्रसाद ज्ञवाली, गणेश झा, विष्णु दुलाल, महासचिबमा विनोद काफ्ले, र कोषाध्यक्षमा राजेश दाहाल रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।