विराटनगर महानगर कर्मचारी कार्कीको हर्कत, इजलाश कक्षको टेबुलमै उपरखुट्टी

विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ ।

कार्कीले खुट्टा टेबलमा राखेको नजिकै उपमेयर इन्दीरा कार्कीको नेमप्लेट र नेपालको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर हाम्रोमतले फेला पारेको हो ।

स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की छैटौं तहका अधिकृत हुन् । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भने महाशाखा प्रमुखको जिम्मेवारीका लागि आठौं वा नवौं तहका अधिकृतले मात्रै गर्न सक्ने भएकोले उनलाई महाशाखाको संयोजकको रुपमा जिम्मेवारी दिएका थिए । महानगरका कर्मचारी स्रोतका अनुसार कार्कीलाई महानगरभित्र एकलौटी काम गर्ने र कसैलाई नटेर्ने कर्मचारीको रुपमा लिइएको छ ।

आइतबार, १६ फागुन, २०७७, साँझको ०७:०८ बजे

प्रतिक्रिया

  1. jaha samma malai lagxa yo photo covid pandemic ko bela ko ho.tyo din ma ramesh sir lai bhetna gako thee.ehi ijlas room maa ehi position maa sir hunu hunthyo.tyo din sir dherai birami hun hunthyo.sir lai back ko problem bhako rahexa.tyo bela ko daud dhup le garda nikai back dukheko xa bahini bhanera bhannu bhako thyo.yo picture hamrai ekjana saathi le jiskera linu bhako thyo.malai ta lagena ki national flag ko apaman gare jasto lagyo.upamayor ko nameplate n flag sarera basnu bhaeko thyo.

  2. यस्तो कर्मचारीलाई अनुशासन सम्बन्धि कार्बाही गर्नु पर्छ वा वार्निङ्ग लेटर दिने र पुन यस्तो काम गरयोभने अवकाश वा सरुवा गर्ने।

  3. यो सारसर गलत नियतले पोष्ट गरिएको हो। कोभिड 19 रोग थामका लागि विराटनगरलाई कसरी जोगाउन सकिन्छ भनि अहोरात्र खटेको कुरा नगरवासी लाई सर्वविदितै छ । उहाँ लगायत हामी सवैको कामलाई विश्व स्वास्थ्यका संगठनका प्रतिनिधले समेत प्रशंसनीय कार्य गर्नु भएको छ । म आफै स्वयं त्यो स्थानमा उपस्थित भएको अस्थामा रमेश सर अचानक विरामी भई त्या बसेको र उहाँलाई कहाँ बसेको पत्तो समेत नभएको अवस्था थियो ।विदाको त्यो दिन हामीसँगै काम काज गरेका थियौं ।

  4. मानव हो कहिले कहि अन्जन मा गल्ती हुनसक्छ ।त्यो गल्त लाई सचियाउन सहयोग गर्नु यौता असल सहकर्मी को भुमिका हुनु पर्नेछ ।तर झस्केला बाट photo खिचेर सोसियल मिदिया कसैको चरित्र हत्या गर्नु अत्यन्त निदनिय छ।

  5. समय कोभिड-१९ माहामारी को दौरानको थियो, सबै स्वास्थ्यकर्मीहरु माहामारी रोकथाम तथा नियन्त्रणमा दिनरात खटिरहेको बरेलाको थियो, मेरो जानकारी अनुसार माथिको फोटो गत जेठ २७/२८ गते सायद शनिबारको ३ बजे तिरको तिरको हुन सक्छ, स्वास्थ्य शाखाको संयोजकका हैसियतले दिनरात संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने रमेश कार्की ले थाकेको समयमा अन्जानमै खुट्टा राखेको समयमा जिस्काउँदै कसैले खिचेको यो फोटोलाई कसैले आफ्नो व्याक्तिगत स्वार्थपुर्तिका लागि बदनियतपुर्ण ढंगले अतिरंजित गरि सामाजिक संजाल सम्म पुर्याउने कार्य गर्ने जो कोहि पनि निन्दनिय सोच भएको व्याक्ति हो।

  6. समय कोभिड-१९ माहामारी को दौरानको थियो, सबै स्वास्थ्यकर्मीहरु माहामारी रोकथाम तथा नियन्त्रणमा दिनरात खटिरहेको बरेलाको थियो, मेरो जानकारी अनुसार सायद शनिबारको ३ बजे तिरको तिरको हुन सक्छ, स्वास्थ्य शाखाको संयोजकका हैसियतले दिनरात संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने रमेश कार्की ले थाकेको समयमा अन्जानमै खुट्टा राखेको समयमा जिस्काउँदै कसैले खिचेको यो फोटोलाई कसैले आफ्नो व्याक्तिगत स्वार्थपुर्तिका लागि बदनियतपुर्ण ढंगले अतिरंजित गरि सामाजिक संजाल सम्म पुर्याउने कार्य गर्ने जो कोहि पनि निन्दनिय सोच भएको व्याक्ति हो

प्रतिक्रिया:

सम्बन्धित खवर