नेपाल ट्रेडले मनायो ‘डेलिभरी डे’

विराटनगर । विगत ६० वर्षदेखि कृषि क्षेत्रलाई आवश्यक उपकरणजन्य सेवाको क्षेत्रमा सक्रिय ढंगबाट काम गर्दै आएको नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि)ले सोमबार सेवा दिवस ‘डेलिभरी डे’ मनाएकोक छ । किसानहरुका बीचमा काम गरिरहेको संस्थाले सेवा दिइरहेका किसानहरुकै बीच सेवा दिवस मनाएको कम्पनीका संचालक शुसिल कुमार अग्रवालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एस्कट्र्स इन्डिया लिमिटेडका प्रमुख बिक्रि अधिकृत अमित शर्माले बजारमा उपलब्ध मध्ये पावरट्राक ट्याक्टर कम डिजल खपत गर्ने उत्पादन भएको दावी गर्नुभयो । उहाँले उत्कृष्ट प्रविधिमा आधारित भएकोले पनि ट्रयाक्टर सफल रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा कम्पनीले एकैदिन १५ वटा ट्याक्टर डेलिभरी गरेको थियो । साथै कम्पनिका बिक्री प्रबन्धक इन्जिनियर सन्तोष आचार्यले २० वटा ट्याक्टर अग्रिम बूकिंग भएको जानकारी दिनुभयो । प्रधान कार्यालय बिराटनगर मुनालपथमा रहेको सो कम्पनीको प्रदेश १ र २ का बिर्तामोड ,लहान, बिरगंज ,चन्द्रनिगाहपुर, नारायणघाट, हेटौडासमेत गरी ६ वटा शाखा कार्यालय छन् ।

कार्यक्रमको अवसर पारि कम्पनीले आफ्ना पुराना तथा नयाँ ग्राहकहरुलाई सम्मानका रुपमा केहि उपहार समेत प्रदान गरेको कम्पनीले जनाएको छ । साथै यस वर्ष किसानहरुलाई आवश्यक परेको बेलामा आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।

बुधबार, १२ फागुन, २०७७, बिहानको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर