कहिले होला प्रदेश क्रिकेट प्रशिक्षकको नियुक्ति

विराटनगर । तदर्थवादमा चलेको नेपाल क्रिकेट संघ क्यानले हरेक प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त गर्ने घोषणा गरेको लामो समयसम्म त्यसको प्रक्रिया सुरु भएको छैन ।

क्यानले गत भदौ १८ मा मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आवेदन मागेको थियो । क्यानले मुख्य प्रशिक्षकसँगै, जनरल म्यानेजर, चिफ फाइनन्स अफिसर, हरेक प्रदेशमा एक एक प्रशिक्षक र क्रिकेट म्यानेजर पद आवश्यक रहेको भन्दै विज्ञापन निकालेको थियो ।

पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्वाटमोर, जनरल म्यानेजरमा रौनक मल्ल, क्रिकेट म्यानेजरमा पूर्व कप्तान विनोद दास र चिफ फाइनन्स अफिसरमा रमेश कुमार न्यौपानलाई नियुक्त गरेको थियो । तर ७ प्रदेशमा ७ प्रशिक्षक नियुक्ति विषयमा भने क्यान मौन देखिन्छ ।

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसि क्रिकेट प्रतियोगिता अघि क्यानले नियुक्त गरि सक्ने अनुमान गरिएको थियो । तर प्रधानमन्त्री कपमा प्रदेश संघले आफैं प्रशिक्षक पठाएका थिए । क्यानको आवेदन अनुसार प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट कोचिङ गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने योग्यता चाहिन्छ ।

‘क्यानको बोर्ड बैठकबाट पुराना तीन पदाधिकारीसँगै छनोट समिति र प्राविधिक समितिबाट एक एक जना बोलाउने भन्ने विषयमा छलफल भएको थियो । तर छनोट समितिको विषयमा केहि विवाद छ ।

प्रदेश एक बाट पुष्प थापा र लाक्पा लामा लगायतले प्रशिक्षक बन्न आवेदन दिएका छन् । बागमतीबाट सुनिल लामा र सञ्जय महर्जन तथा गण्डकीमा रिजन प्रजु प्रमुख दावेदार देखिएका छन् । लुम्बिनीबाट वसन्त शाही चर्चामा छन् ।

अध्यक्ष चन्द क्यान प्रदेशमा प्रशिक्षक नियुक्त गर्नेक्रममै रहेको बताउँछन् । ‘सबै तयार छ । सर्टलिस्ट निकाली सकेका छौं । बीचमा व्यवस्थापन, आर्थिक व्यवस्था गर्न र प्रतियोगिता लगायतका कारणले ढिला हुन पुग्यो, यसै हप्ताबाट सुरु गर्ने तयारीमा रहेका छौं,’ चन्दले भने ।

सोमबार, ०३ फागुन, २०७७, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर