विराटनगर । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको सरकारले एकपछि अर्को असंवैधानिक काम गरिरहेको भन्दै नेकपाको बहुमत पक्षले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल घोषणा गर्ने निर्णय पार्टीले गरेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्बोच्च अदालतमा मुद्दा बिचराधिन रहेको बेला संवैधानिक निकायहरुमा पनि असंवैधानिक रुपमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले आमहड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी पार्टीको छ ।
अध्यादेशबाट संवैधानिक परिषद ऐन परिवर्तन गरि सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै सपथ गराइएको हो । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले पनि संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बतानुभएको छ ।