अवहेलना मुद्दामा अदालतमा उपस्थित हुन प्रधानमन्त्री ओलीलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको हो । अदालतले बाटोको म्यादबाहेक ५ दिनभित्र उपस्थित हुन भनेको छ ।

बिहिबार, १५ माघ, २०७७, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर