संविधानसभाका सभाषद्हरुले भने ‘प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था संविधानमा छैन’

विराटनगर । मोरङबाट संविधान सभामा प्रतिनिधित्व गरेको सभाषदहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको ठहर गरेका छन् ।

बिहीबार विराटनगरमा भएको संविधान सभाका सभाषद्हरुको भेलाले प्रधानमन्त्री आलीको अलोकतान्त्रिक कदमको भत्सर्नासमेत गरेको छ ।

मोरङ सविधान सभामा प्रतिनिधित्व गर्ने नेपाली काग्रेस,नेकपा र राष्ट्रिय जनता पार्टीका प्रत्यक्ष र समानुपातिक सांसदहरुले प्रधानमन्त्री ओलीको गैर संवैधानिक र अधिनायकवादी कदमका विरुद्ध निरन्तर आवाज उडाइरहने निर्णयसमेत गरेको छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्यसमेत रहनुभएका संविधानसभाका सभाषद् जयराम यादवले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिक र आलोकतान्त्रिक कदम भएको ठहर गदै त्यसका विरुद्ध निरन्तरत आवन उठाइरहने निर्णय भएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक रहेको बैठकको ठहर गरेको छ,’ सांसद यादबले भन्नुभयो, ‘गैरसंवैधानिक र अधिनायकवादी कदमका विरुद्ध निरन्तर संवाद, छलफल र बहस लैजाने निर्णय भएको छ ।’

विभिन्न दलबाट संविधानसभामा प्रतिनिधित्व गरेका सभाषद्हरु डिकबहादुर लिम्बु, यशोदा अधिकारी, गोपी अछामी, जयराम यादव, आशादेवी सरदार, शान्तिदेवी राजबंशी, जोगीलाल यादव, शिवकुमार मण्डल, साबित्रीकुमार काफले र अमललाल मोदी घेलामा उपस्थित हुनुहुन्थ्यो ।

 

बिहिबार, १५ माघ, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर