कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

विराटनगर । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काग्रेंसले तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाको इच्छा विपरित कााग्रेंस केन्द्रीय समितिको बैठकले तीन चरणमा प्रदर्शन गर्ने कार्यक्रमसहित तेश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्नेछन् ।

बैठक अगाडि भएको शीर्ष नेताहरुबीचको छलफलमा काठमाण्डौमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्नुपर्ने प्रस्ताव भएको थियो । त्यसको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो । तर, काठमाडौं केन्द्रित सभा गर्दा माघ मसान्तभित्रै सक्नुपर्ने क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित हुन सक्ने भन्दै सभापति देउवाले अनिच्छा प्रकट गर्नुभएको थियो ।

ती नेताका अनुसार फागुन ७ मा सातवटै प्रदेशमा जनसभा गर्ने विषयमा पनि छलफल भएको थियो । तर, ७ गते प्रजातन्त्र दिवसमा सरकारी कार्यक्रम नै हुने र ८ गते शनिबार परेकाले फागुन दोस्रो साता काठमाडौं केन्द्रित ठूलो सभा गर्न नेताहरु सहमत देखिएका छन् ।

मङ्गलबार, १३ माघ, २०७७, रातीको ०९:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर