विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आगामी फागुन पहिलो हप्ता प्रतिनिधि सभा पुनसर््थापना हुने दावी गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा पुनसर््थापनासँगै प्रधानमन्त्री ओलीले राजनीतिक सन्यास लिने राजनीतिक भविष्यवाणी समेत गर्नुभएको छ ।
मोरङको सुन्दर हरैंचामा आयोजित कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्नुहुँदै नेता भट्टराईले भन्नुभयो ‘प्रतिनिधि सभा पुनसर््थापना भएपछि प्रधानमन्त्री ओलीले राजनीतिक सन्यास लिनुको विकल्प छैन । पुनसर््थापना भएपछि अर्को केपी ओलीको जन्म हुँदैन ।’ नेता भट्टराईले पार्टीको आधिकारिकता र चुनाव चिन्ह अन्तकतै नजाने दावी गर्दै भन्नुभयो ‘बहुमत केन्द्रीय सदस्य ओलीसँग भए हामी सूर्य चिन्ह दावी गरेर बस्दैनौं, यो चिन्हका लागि गाई र त्रिशुलको ढक्की लडाउने खेल होइन ।’ उहाँले पार्टीको वैधानिकता, चुनाव चिन्ह आदि सबै नेकपाको पक्षमा हुने र प्रतिनिधि सभा पनि पुनसर््थापना हुने जिकिरसमेत गर्नुभयो ।
त्यस क्रममा नेता भट्टराईले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड नेपालीको भावनाको हत्या गरेको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डमाथि १७ हजारको हत्या गरेको आरोप लगाउने प्रधानमन्त्रीले तीन करोड नेपालीको भावनाको हत्या गरेर ठूलो अपराध गरेको टिप्पणी गर्नुभयो । ‘ओलीले पटक पटक प्रचन्ड जि र हामीलाई १७ हजारको हत्या गरेको भन्दै आरोप लगाउने गरेको सुनेको छु । प्रचन्ड जि हत्यारा हो भने ओलि जि चाहि के हो नि मेरो उहाँलाई प्रश्न छ,’ नेता भट्टराईले भन्नुभयो । उहाँले झापा विद्रोहको स्मरण गर्दै भन्नुभयो झापा आन्दोलनमा सहभागी हुनुभएका ओली भन्दै प्रति प्रश्न गरे । प्रधानमन्त्री ओली सहभागी भएको २०२८÷२९ सालतिरको झापा आन्दोलनमा सहिद भएकाहरुको विषय लुकाएर अरु कुरा गर्दै आन्दोलनको अपमान गर्न नहुने नेता भट्टराईले बताउनुभयो । ‘केपी ओलिले नेतृत्व गरेको आन्दोलनमा धेरै जना शहिद भएका छन्,’ उहाँले भन्नुभयो ।
केहि दिनअघि मात्रै प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले १७ हजार नेपालीको हत्या गरेको आरोप लगाउनुभएको थियो । ‘प्रचन्डले जनयुद्धको जिम्मा लिनु हुन्छ,’ भट्टराईले भन्नुभयो ‘ओलीले ३ करोड जनता माथि गरेको हत्याको जिम्मा लिनु पर्छ ।’ पार्टी र संसदमा आफु अल्पमतमा परेपछि त्यसको रि प्रतिनिधि सभा विघटन गरेर पोख्नु अनुचित भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै उहाँले भन्नुभयो ‘ चुनावमा अब दुईतिहाई ल्याउँछु भन्नु हुँदाहुँदैको सन्तानको हत्या गरेर अर्को सन्तान जन्माउन पूर्णिमाको ब्रत बसेजस्तै हो ।’ अधिकार र अख्तियारको दुरुपयोग गरेर संसद विघटन गरेर मुलुकलाई अनिश्चितताको भुँमरीमा लैजान खोजेको उहाँको आरोप थियो ।
उहाँले निर्वाचन ओयोगलाई आफनो कार्यक्षेत्र भित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न र कसैको दवाव तथा प्रभाव महशुस नगर्न समेत आग्रह गर्नुभयो । उहाँले । अबको दुई वर्षसम्म प्रतिनिधि सभाका लागि चुनाव नहुने दावी पनि गर्नुभएको छ ।