लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १० बाट २ जना तथा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित हनुमाननगर कंकालिनी नगरपालिका ६ का २२ वर्षीय धर्मेन्द्र रजक र भारतीय नागरीक २२ वर्षीय मोहम्बद अफरोजलाई पक्राउ गरेको हो ।

उनीहरुले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आएको खुलेको छ । पैदल नै रहेका उनीहरुले कसैलाई बिक्री गर्न खोज्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आइतबार राति नै रतुवामाई नगरपालिका १० का २७ वर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका ३ की २० वर्षीया कबिता लिम्बूलाई १४ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

ब्राउन सुगर अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ब्राउन सुगरको कारोबार गर्नकै लागि होटलको कोठा बुक गरेको पाइएको छ । भारतको पानीट्यांकीबाट नेपाल भित्राएका उनीहरुको नेपालका विभिन्न भागमा सप्लाई गर्ने योजना थियो
होटलबाट पक्राउ परेका उनीहरुको साथबाट ब्राउन सुगरको खरिदबिक्रीमा प्रयोग गरिने नापतौल मेसिन पनि बरामद भएको छ । मेसिन नै बरामद भएपछि र होटलको कोठामा योजना बनाएर अन्यत्र सप्लाई गर्ने तयारी गरिएका कारण उनीहरु यसको कारोबारमा संलग्न रहेको पुष्टि हुने प्रहरीको भनाइ छ ।

उनीहरुको सम्पर्क र कनेक्सन भारतको पानी ट्यांकीमा ब्राउन सुगरको कारोबार गरेर बसेकाहरुसँग रहेको प्रहरीको भनाइ छ । त्यही सम्पर्कका आधारमा काँकडभिट्टा हुँदै नेपाल ल्याएर ब्राउन सुगर विभिन्न ठाउँमा महँगो मूल्यमा सप्लाई गर्ने गरेको पाइएको छ । उनीहरुले भारतीय व्यापारीसँग प्रतिग्राम १० हजार रुपैयाँमा ब्राउन सुगर खरिद गर्ने गरेको पाइएको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच मोरङको रतुवामाईको अलगअलग स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जना वृद्ध पुरुषलाई आइतबार साँझ नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घरैबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ का ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र रतुवामाई–५ का ६५ वर्षीय देवीप्रसाद सिलवाल रहेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठको घरबाट पाँच सय ग्राम र सिलवालको घरबाट चार सय ५० ग्राम गाँजा बरामद भएको छ । दुवै जनाले घरैबाट गाँजाको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

सोमबार, २७ पुष, २०७७, दिउँसोको ०३:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर