उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले सडक छेउछाउमा व्यवसायी निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ ।
अतिक्रमित क्षेत्रका संरचना हटाउन नगरपालिकाले पटक–पटक सूचना जारी गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना हटाउन थालेको नगर प्रमुख खड्ग फागोले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन सुरू गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसँगै सडक साँघुरो बन्दै गएको थियो ।
बाटो छेकिनेगरी राखिएका होडिङ बोर्डसमेत नगरपालिकाले हटाएको छ । यस्तै, उर्लाबारी ४ मा केशब सुवेदीले १ सय ४ मिटरभित्र निर्माण सुरु गरिएको भवन भत्काइएको छ । त्यस्तै, वडा नं. ३ मा अम्बिका खतिवडाले निर्माण गरेको भौतिक संरचनासमेत भत्काइदिएको छ ।
सडक आसपासका क्षेत्रमा ब्यापार गर्नेहरुको सामानसमेत नियन्त्रणमा लिई नगरपालिकामा राखिएको छ । मुख्य तथा भित्री सडकमा घर निर्माण सामाग्रीहरु राख्ने पाइएकाले त्यसमा पनि कडाई गरिएको नगरपालिकाले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।