विराटनगरमा बयलगाडा प्रदर्शन (फोटोहरु)

विराटनगर । विद्यार्थीहरुले विराटनगरमा बयलगाडा सहित विरोध प्रदर्शन गरेका छन् । पछिल्ला राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिका लागि भएका आन्दोलनहरुप्रति वर्तमान प्रधानमन्त्री अनुदार रहेको भन्दै प्रतिकात्मक रुपमा अनेरास्ववियुले उक्त प्रदर्शन गरेको हो ।

विराटनगरको रोडशेष चोकबाट ‘बयलगाडा चढेर अमेरिका जाऔं’ भन्ने नारासहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

वर्तमान प्रधानमन्त्रीले २०६२/६३ सालको जनआन्दोलनताका बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै आन्दोलनप्रतिनै अविश्वास गरेको र अहिले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र नै धरापमा पार्ने काम गरेको विरोधमा उक्त प्रदर्शन गरिएको हो ।

बयलगाडा प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीसमेत सहभागी हुनुभएको थियो ।

स्थानीय ट्राफिक चोकमा पुगेर विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई संविधान सभाका सदस्य मिनाकुमारी यादवले बोल्नुभएको थियो । उहाँले संविधान बनाउँदा स्थिरताका लागि भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था गरेको तर अहिले केपी शर्मा ओलीले त्यसलाई उल्लंघन गरेको आरोप लगाउनुभयो । यसैबीच सोही कार्यक्रममा कानून व्यवसायीहरुले नेपालको संविधान २०७२ को धारा ७६ बाचन गरेका थिए ।

आइतबार, २६ पुष, २०७७, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर