पर्यटन पूर्वाधारमा जोड दिन्छु– मन्त्री ढकाल

विराटनगर । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको दिगो विकासका लागि पूर्वाधार विकासमा जोड दिने बताउनुभएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ढकालले पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले स्पष्ट मार्गसहित नीतिगत सुधार तर्फ आफुले काम गर्ने बताउनुभएको हो ।

आफु अफ्ठ्यारो बेलामा पर्यटन मन्त्रालयको जिम्मेवारीमा आइपुगेको र निर्वाचन आचारसंहिता लागु भएपछि जनअपेक्षा अनुसार काम गर्ने अवस्था नभई चुनावमा जुट्नु पर्ने भएकोले अहिले धेरै गर्न नसक्ने उहाँको भनाई थियो । यद्यपी यस क्षेत्रलाई गतिशिल बनाउन आवश्यक बाटो भने खोल्ने उहाँको भनाई थियो ।

मन्त्री ढकालले महामारीका कारण थलिएको पर्यटन क्षेत्रले अहिले नै वाह्य पर्यटन पाउन कठिन रहेको भएपनि आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत यस क्षेत्रलाई अघि बढाउन सुझाव दिनुभयो ।

प्रदेश १ लाई समृद्धि तर्फ लैजानका लागि पर्यटन लगायत आर्थिक क्षेत्र कोरोना महामारीबाट प्रभावित भएकोले रोजगारी सिर्जना गर्ने र अर्थोपार्जन हुने गरी काम गर्ने मन्त्री ढकालले बताउनुभयो ।

आर्थिक क्षेत्रमा अग्रणी भएपनि प्रदेश १ मा पर्यटनको यथोचित विकास हुन नसकेको भन्दै मन्त्री ढकालले त्यसका लागि आफुले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायीहरु भविस श्रेष्ठ, पुण्य भट्टराई, लगायतले पर्यटन क्षेत्रको विकासका लागि भएका व्यवधानलाई हटाउन नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनीहरुले विराटनगरको विमानस्थलको विस्तारसगै विराटनगरबाट आन्तरिक तथा बाह्य उडानलागि नीतिगत पहल गर्न सरकारसँग आग्रह गरेका थिए ।

शनिबार, २५ पुष, २०७७, दिउँसोको ०१:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर