नेकपा विभाजनः मोरङमा ओली समूह कमजोर

विराटनगर । मोरङमा तत्कालिन नेकपा एमाले हुँदा करिब एकल बर्चश्व रहेको प्रधानमन्त्री केपी ओली निकट समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कमजोर बनेको छ ।

प्रदेशका १४ वटा जिल्लाहरुमा तुलनात्मक रुपमा बलियो मानिएको मोरङमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटि सदस्य र जिल्ला कमिटीको सचिवालयसहित जिल्ला कमिटीमा बहुमत पक्ष संस्थापन अर्थात प्रचण्ड र माधबकुमार नेपालको पक्षमा देखिएका छन् ।

मोरङबाट नेकपाको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने १२ जना रहेकामा ८ जना प्रचण्ड नेपाल समूहमा खुलेका छन् भने ४ जना ओली समूहमा छन् । केन्द्रीय सदस्यमध्ये पार्टीका जिल्ला इञ्चार्ज घनेन्द्र बस्नेत, सह–ईञ्चार्जहरु गोपी अछामी, महेश रेग्मी र देउमान सम्बाहाम्फे प्रचण्ड–नेपाल समूहमा छन् । यस्तै पार्टीका प्रदेश सहईञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट राजिनामा दिएका जीवन घिमिरे तथा पूर्वमन्त्रीहरु शिवकुमार मण्डल र लालबाबु पण्डित पनि सोही समूहमा छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, भुमि व्यवस्था, सहकारी तथा गरिबी विारणमन्त्री शिवमायाँ तुम्बाहाम्फे, पार्टीको विद्यार्थी फाँटका सहइञ्चार्ज विनोद ढकाल र अर्का केन्द्रीय सदस्य गुरु बराल ओली समूहमा छन् । पार्टी विभाजनको अवस्थापछि एकलौटी रुपमा ओली पक्षले थपेर बनाएको ११९९ जनाको केन्द्रीय समितिमा भने मोरङका थप १६ जना समेटिएका छन् ।

नेकपाको प्रदेश कमिटिमा मोरङबाट ४३ जनाको प्रतिनिधित्व रहेकोमा २४ जना प्रचण्ड–नेपाल समूहमा खुलेका छन् भने ओली समूहमा १६ जना देखिएका छन् । ३ जना तठस्थ रहेको बताइएको छ । प्रदेश कमिटि सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा डिल्ली अधिकारी, चन्द्रबहादुर गुरुङ, इन्द्र सुब्बा, भीम बस्नेत, बलबहादुर घिसिङ, सावित्रा रेग्मी, मृत्युञ्जय झा, यशोदा अधिकारी, मिना यादव र चन्द्रबीर राई छन् । यस्तै जिल्ला सचिब गणेश उप्रेती, भोगेन्द्र यादव, अमनलाल मोदी, गीता तिम्सिना, खेम भट्टराई, उपेन्द्र राय, विनिता घिमिरे, विजयकुमार विश्वास, कुशल लिम्बू, जीवन आचार्य, टंक गिरी, हेम कार्की, लालबहादुर सुस्लिङ र अरुण सुन्दास प्रचण्ड–नेपाल समूहमा छन् ।

प्रदेश कमिटिमा रहेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, बाबुराम कार्की, विराटनगर अध्यक्ष सागर थापा, डिपी राई, लक्ष्मी फुयल, सत्यनारायण चौधरी, घनश्याम खतिवडा, खेम नेपाली, नागेश पोखरेल, नैनकला ओझा, हरि घिमिरे, तारा राई, राजेश सुब्बा, रामकुमार बस्नेत, सुबोध प्याकुरेल र युवराज बाँस्कोटा ओली समूहमा छन् । प्रदेश कमिटिमा रहेका बालेश्वर कामत, श्याम ताजपुरिया र देवराज भण्डारी कतै नखुलेको बताइएको छ ।

मोरङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १० जना सांसद रहेकोमा ओली समूहमा ५ जना र प्रचण्ड–नेपाल समूहमा ५ जना देखिएका छन् । प्रतिनिधिसभामा रहेका घनश्याम खतिवडा, भानुभक्त ढकाल, शिवमायाँ तुम्बाहाम्फे र मोती दुगढ ओली समूहमा छन् भने लालबाबु पण्डित, शिवकुमार मण्डल र अमनलाल मोदी प्रचण्ड–नेपाल समूहमा छन् । राष्ट्रियसभामा मोरङबाट प्रतिनिधित्व गर्ने गोपी अछामी र विना पोखरेल प्रचण्ड–नेपाल समूहमा रहेका छन् भने नैनकला ओझा ओली समूहमा छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने जिल्लाका १२ जना सांसदमध्ये १० जना संस्थापन (प्रचण्ड–नेपाल) समूहमा खुल्दा ओली समूहमा प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी मात्र देखिएका छन् । विगतमा नेपाल समूहमै रहेपनि भीम आचार्यसँग असन्तुष्ट रहेका राजकुमार ओझाले भने आपूm कुनै समूहमा नरहेको बताउँदै आएका छन् ।
प्रदेशसभा सदस्यहरु कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, लिलाबल्लभ अधिकारी, विजयकुमार विश्वास, जीवन घिमिरे, कृष्णकुमारी राई, बसन्तीदेखि यादव, यशोदा अधिकारी र गुलेफुन खातुन प्रचण्ड–नेपाल समूहमा छन् । यादव र खातुनले भने आफुुुहरुलाई सहयोग गर्ने ओली समूहको दावी रहेको छ ।

मोरङमा नेकपाको २०६ सदस्यीय जिल्ला कमिटी रहेकोमा जिल्ला सचिव गणेश उप्रेतीसहित १०५ प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । ओली समूहमा अहिलेसम्म ८६ जना खुलेको देखिएको छ भने १५ जना कतै खुलेका छैनन् । जिल्लाको सचिवालयका ६९ सदस्यमध्ये ३७ जना प्रचण्ड–नेपाल समूहमा खुलेकोमा ७ जना कतै नखुल्दा ओली समूहमा सचिवालयका २५ जना मात्र देखिएका छन् ।

मंगलबार विराटनगरमा बसेको सचिवालयको बैठकमा ३७ जना उपस्थित भएको पार्टीका सचिब गणेश उप्रेतीले जानकारी दिनुभयो । बैठकमा पार्टी र संगठनमा रहेको उपस्थितिका बारेमा पनि छलफल भएको बताइएको छ ।

गृहजिल्ला झापामा चरम अल्पमतमा रहेको ओली समूह मोरङमा बलियो रहेको आंकलन धेरैले गरेका थिए । तर, पछिल्ला बैठकहरुमा भएको उपस्थितिले विद्यमान जिल्ला कमिटीको सचिवालय र समग्र कमिटीमै उक्त समूह स्पष्ट अल्पमतमा पुगेको छ ।

मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापा ओली समूहमा हुनुहुन्छ भने सचिव हेम कार्की संस्थापनमा हुनुहुन्छ । त्यसबाहेक स्थानीय तहमा दुबैतर्फ ८÷८ जना अध्यक्ष बाँडिएका छन् ।

जिल्ला कमिटीकै मान्यता पाएको नेकपाको विराटनगर महानगर कमिटी १४६ सदस्यीय रहेकोमा सचिव हेम कार्कीसहित ८९ जना आपूmहरुसँग रहेको प्रचण्ड–नेपाल समूहको दावी छ । महानगर अध्यक्ष सागर थापाले भने महानगरमा आफ्नो पक्षमा बहुमत रहेको दावी गरेका छन् ।

जनप्रतिनिधिमा नेकपाले जितेको तीनवटै नगरपालिकाका प्रमुख प्रचण्ड–माधब समूहमा उभिएका छन् । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख किशोर राई र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी संस्थापन पक्षमा देखिएका हुन् ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी आचार्य र कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले ओली समूहमा खुल्दा ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझी भने तठस्थ बसेका छन् । आपूm अहिले कुनैपनि समूहमा नरहेको माझीले बताए ।

बिहिबार, २३ पुष, २०७७, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर