लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सर्बोच्च अदालतमा सुनुवाइ जारी छ।

सुनुवाइका लागि सबै प्रधानन्याधीश चोलेन्द्रशमशेर जबरासहित संवैधानिक इजालसका न्यायाधीशहरूको बेञ्च गठन भएकोछ ।

प्रतिनिधिसभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गर्नुभएको छ । जबराले बुधबार गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन्।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छान्नुभएको हो । अदालतममा धेरै मानिसहरू इजलासमा बहस सुन्न जाँदा ठाउँ नपुग्ने भएपछि सर्वोच्चले इजलास बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था मिलाएको छ।

सर्वोच्चका अनुसार अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ भने नेपाल बार एसोसिएसनभित्रको हलमा इजलासको भिडिओ पनि लाइभ गरिएको छ। इजलासमा धेरै मानिस जाँदा भीडभाड हुने भएकाले यस्तो व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।