प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सर्बोच्च अदालतमा सुनुवाइ जारी छ।

सुनुवाइका लागि सबै प्रधानन्याधीश चोलेन्द्रशमशेर जबरासहित संवैधानिक इजालसका न्यायाधीशहरूको बेञ्च गठन भएकोछ ।

प्रतिनिधिसभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गर्नुभएको छ । जबराले बुधबार गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन्।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छान्नुभएको हो । अदालतममा धेरै मानिसहरू इजलासमा बहस सुन्न जाँदा ठाउँ नपुग्ने भएपछि सर्वोच्चले इजलास बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था मिलाएको छ।

सर्वोच्चका अनुसार अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ भने नेपाल बार एसोसिएसनभित्रको हलमा इजलासको भिडिओ पनि लाइभ गरिएको छ। इजलासमा धेरै मानिस जाँदा भीडभाड हुने भएकाले यस्तो व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ।

बुधबार, २२ पुष, २०७७, दिउँसोको १२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर