विराटनगर । सुनसरीको दुहवी–८ स्थित ग्रिन नेपाल प्लाई उद्योगमा काँगं्रेस निकट नेपाल कारखाना श्रमिक संघ गठनको अनुमति नपाएकै कारण विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा तोडफोड भएको पाइएको छ । आइतबार कार्यालयमा तोडफोड भएपनि त्यसको कारण खुलेको थिएन ।
श्रमिक संघले श्रम तथा रोजगार कार्यालयमा पेश गरेको निवेदन उपर उजुरी परेको र उद्योगसँग सोधपुछ भइरहेको बेला श्रमिकहरुले कार्यालय तोडफोड गरेका हुन् । निर्धारित समयमा उद्योगमा टे«ड युनियन राख्न नपाएको भन्दै सुनसरीको दुहबीस्थित अरिहन्त मल्टिफाइबरमा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयको झ्याल तोडफोड गरेका हुन् ।
तोडफोडमा संलग्न थापा नेपाल श्रमिक संघ १ नं. प्रदेशका अध्यक्ष हुन् भने गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरुले कार्यालय हाताभित्र आइतबार दिउँसो प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुंगाले हानेर फुटाएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले जानकारी दिनुभयो । ‘नेपाल कारखाना श्रमिक संघ प्रतिष्ठान स्तरको टे«ड यूनियन दर्ता गरि पाउँ भनि केही दिन अगाडि श्रम तथा रोजगार कार्यालयमा निवेदन दिएका थिए । कार्यालयमा निवेदन आएपछि निवेदन उपर उजुरी आयो,’ वरिष्ठ श्रम अधिकृत सञ्जेलले भन्नुभयो, ‘टे«ड यूनियन दर्ता गरिपाउँ भनि यहाँ आएकाहरुले उद्योगमा ३५ जना मात्र श्रमिक रहेको र त्यसमध्ये ३० जनाले समर्थन गरि हस्ताक्षर गरेको उल्लेख गरेका थिए । पछि अर्को टे«ड युनियनले ग्रिन प्लाई नेपाल नामक उद्योगमा १४० जना मजदुर छन् भनेर उजुरी ग¥यो । उद्योगसँग कति मजदुर हो भनि बुझने क्रममा थापा र गच्छदारले कार्यालयमा आएर तोडफोड गरेका हुन् ।’ युद्धस्तरमा गएर काम कारवाहीको प्रक्रिया अगाडी बढीरहेको बेला अपशब्द प्रयोग गर्दै उनीहरूले कार्यालयको सिसा तोडफोड गरेको सञ्जेलको भनाइ छ ।
उहाँले कार्यालयमा तोडफोड गर्नेका विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन मुताविक कारवाहीको माग गर्दै निवेदन दिएका छन् ।
उनीहरुले सरकारी कार्यालय भित्र हुलहुज्जत र गाली बेइज्जती गरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग गरिएको छ । कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाईदिन पनि सञ्जेलले माग गर्नुभएको छ । सञ्जेलले प्रहरीमा उजुरी पठाएको जानकारी पाएपछि तोडफोडमा संलग्नहरु भने फरार भएका छन् । यता नेपाल कारखना श्रमिक संघ मोरङका कोषाध्यक्ष श्याम कुमार कामतले टे«ड युनियले प्रक्रिया पुरा गरि समयमा आवेदन दिएको भएपनि श्रम कार्यलयले समयमा स्वीकृति नदिँदा यस्तो घटना हुन पुगेको बताउनुभयो ।

