प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ६५८ पुगेको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोङगको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २–२, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १, धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ८६९ पुगेको छ ।

प्रदेश १ मा आज ३५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार ५९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, १९ पुष, २०७७, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर