काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो ।

निवेदकले अन्तरिम आदेश मागेकामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले त्यो बुधबार आदेश जारी गर्न मानेनन् । उनले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने बताएका हुन् ।

प्रतिवाद गर्नका लागि विपक्षीहरू आएकाले उनीहरूलाई पनि सुन्नुपर्ने प्रधानन्यायाधीशको भनाइ थियो । प्रधानन्यायाधीशले भने, ुप्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मा मात्रै छ । त्यो कसरी गर्ने भन्नेबारे सर्वोच्च अदालतले निर्क्यौल गर्छ ।ु

सबै रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि अब शुक्रबार यी रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुनेछ ।