विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचाररत उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षे पुरुषको करिव १० बजे र पथरी शनिश्चरे नगरपालिकाकी ७३ वर्षे महिलाको राति ९ बजेको समयमा मृत्यु भएको हो ।
सुन्दरहरैचाका २२ वर्षे पुरुषमा शनिबार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको छ । उहाँमा श्वासप्रस्वास सम्वन्धी समस्या देखिएको थियो ।
पथरीशनिश्चरे नगरपालिका १ की ७३ वर्षे महिला २७ गतेदेखि अस्पतालमा उपचाररत रहेको र उहाँमा श्वासप्रस्वास, ज्वरो, खोकी आदि समस्या देखिएकोमा राति निधन भएको अस्पतालका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिनुभयो ।