लुक्ला बिमानस्थलको सौन्दर्य (फोटो फिचर)

विराटनगर । यदि तपाई प्लेन चढेर यात्रा गर्नुहुन्छ भने तपाईलाई ‘रनवे’को महत्वबारे बढी चासो हुनु स्वभाविक नै हो । रनवे सजिलो छ भने यात्रा सहज र सुरक्षित हुन्छ । यदी रनवे नै कठिन छ भने यात्रा निकै डरलाग्दो हुन्छ । विश्वका कतिपय ठाउँहरुमा एकदमै डरलाग्दा एयरपोर्टहरु रहेका छन् जुन निकै डरलाग्दा छन् ।

नेपालको प्रदेश १ सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो सोलुखुम्बु । सोही जिल्लामा पर्ने लुक्ला एयरपोर्ट पनि संसारको सबैभन्दा डरलाग्दो एयरपोर्ट हो । लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। यो समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा छ भने नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ ।

लुक्ला विमानस्थलमा हवाई दुर्घटनाहरू भइरहन्छन् । सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो ।

आखिर किन हुन्छ त लुक्लामा विमान दुर्घटना ? विज्ञहरू भन्छन् त्यहाँको भौगोलिक अवस्थिति र मौसमका कारण लुक्ला विमानस्थल जोखिमपूर्ण छ।

वर्षेनि हजारौँ पर्यटकहरू लुक्ला हुँदै सगरमाथाको आधार शिविरतिर जान्छन्। सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि एक मात्र यातायातको विकल्प भनेको विमान हो। लुक्ला विमानस्थल जति जोखिमपूर्ण छ त्यति नै रमणीय पनि छ । विराटनगरका संचारकर्मी बाबुराम भण्डारीले त्यहाँ पुगेर खिचेका तस्बिर सामाजिक संजालमा राख्नुभएको छ । हेरौं केही तस्बिरहरुः

 

मङ्गलबार, २३ मंसिर, २०७७, बिहानको ११:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर